अनलाइन सेवाप्रति कानून व्यवसायी तुलसीपुरको आपत्ती

तुलसीपुर, ४ बैशाख

मालपोत कार्यालय तुलसीपुरमा आजदेखि सुरु भएको अनलाइन सेवाप्रति नेपाल लेखापढी कानून व्यवसायी एशोसियसन इकाई समिति तुलसीपुरले आपत्ती जनाएको छ । समितिका अध्यक्ष हरीलाल पौडेल द्धारा जारी विज्ञप्तीमा लेखापढी व्यवसायीसंग कुनै छलफल तथा परामर्श नगरी भौतिक पूर्वाधार र दक्ष जनशक्तिविना अनलाइन सेवामा जानु आपत्ती जनक भएको भन्दै विरोध गरिएको छ । ‘ अनलाइनका नाममा जनतालाई सास्ती दिने र ढीलासुस्ती गर्ने कार्य हो,’ पौडेल द्धारा जारी विज्ञप्तीमा भनिएको छ , ‘ यसको हामी घोर भत्र्सना गर्दछौ ।’ लेखापढी व्यवसायीले निर्णय नसच्याउदा सम्म आफना सबै काम ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।

 

प्रकाशित मिति : २०७६ बैशाख ४ गते बुधवार
प्रतिक्रिया