नदीजन्य पदार्थ उत्खनन् गर्ने टेक्टर र टिप्पर नियन्त्रणमा

तुलसीपुर, ४ बैशाख । अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै तुलसीपुर क्षेत्रबाट मंगलवार एक टेक्टर र टिप्परलाई नियन्त्रणमा लिईएको छ । तुलसीपुर उपमहानगरपालिका गिट्टी बालुवा ढुङगा अनुगमन समितिले उक्त गाडीलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय तुलसीपुरमा बुझाएको समितिका संयोजक विजय विकले जानकारी दिएका छन् ।
उनीहरुले अवैध रुपमा पातुुखोलाको दक्षिण तर्फ टिकरीबाट नदीजन्य पदार्थ उत्खनन् गरेको समितिले बताएको छ । ना ७ ख ४४०१ र लु ४ त ८५३ नम्वरको टेक्टरलाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई आबश्यक कारवाहीका लागी प्रहरी कार्यालयमा बुझाईएको हो ।

प्रकाशित मिति : २०७६ बैशाख ४ गते बुधवार
प्रतिक्रिया