लक्ष्मण विश्वकर्मा, तुलसीपुर २७ चैत्र ।
तुलसीपुर उपमहानगरपालिकाले निर्माण गर्न लागेको व्यवस्थित वसपार्क योजना सम्झौता भएको छ । १५ महिना भित्र योजना सम्पन्न गर्ने गरी निर्माण कम्पनी शिवशक्ति कन्र्सट संग सम्झौता भएको तुलसीपुर उपमहानगरपालिका कार्यालयका ईन्जिनियर पवन कुमार योगीले बताउनु भएको छ । वसपार्कको हाता भित्र रहेको करिव साढे पाँच विगाहा जमिनमा साढे दश करोड लगानीमा व्यवस्थित वसपार्क निर्माण हुन लागेको छ । नगरपालिकाले २०६७र ०६८ साल देखी व्यवस्थित वसपार्क निर्माणका लागी गुरु योजना बनाई मास्टर प्लानको प्रतिवेदन समेत तयार पारेको थियो ।
वजेट अभाव र विवादका कारण निर्माण प्रक्रियाले पुर्णता पाउन सकेको थिएन । लामो समय देखी निर्माण प्रक्रियामा रहेको वसपार्कको सम्झौता भएपनि जग्गा अतिक्रमण गरी निर्माण गरीएका घरटहराका कारण केहि समस्या देखीएको छ । ईन्जिनियर योगीका अनुसार निर्माण कम्पनि संग योजना सम्झौता गरी काम गर्नका लागी कार्यआदेश दिईसकिएको छ । व्यवस्थित वसपार्क निर्माणका लागी जम्मा रु ३५ करोड वजेटको स्टीमेट गरीएको थियो । तिन चरणमा गरी वसपार्कको प्राविधिक स्टेमेट गरीएको हुदा हाल पहिलो चरणमा साढे दश करोड वजेट विनियोजन गरीएको छ ।
पहिलो चरणमा वसपार्कमा टिकट काउन्टर निर्माण,सार्वजनिक शौचालय ,पसलघरहरु निर्माण,सडक वत्ती जडान,सडक कालोपत्रे लगाएतका काम हुने ईन्जिनियर योगीले बताउनु भयो । व्यवस्थित वसपार्क नहुदा यात्रुहरुलाई समस्या हुने गरेकोछ भने पार्कीङमा समेत समस्या हुने गरेको छ । साथै बसपार्कमा हिउदको समया हावाहुरीका कारण धुलो धुवा हुने र वर्षातको समयमा हिलाम्मे हुने समस्या रहदै आएको छ ।।