तुलसीपुरका चार किशोरले हेलिकप्टर बनाउदै

तुलसीपुर १ बैशाख । तुलसीपुर ४ घोरानेटीको गाउँ अहिले एकाएक चर्चामा आएको छ । तुलसीपुर बजार देखी झन्डै ६ किलोमिटर उत्तर तर्फ रहेको उक्त गाउँमा चार किसोर मिलेर हेलिकप्टर बनाउन थाले पछि अहिले हेर्नका लागी त्यहा मानिसहरुको दिनहुँ भिड लाग्ने गरेको छ । सानै उमेर देखी हेलिकप्टर बनाउने चाहाना भएको भन्दै अहिले साथीहरु संग मिलेर काम सुरु गरेको समुहका अगुवा सन्जु वली बताउँछन् ।
विगत डेढ महिना देखी बनाउन सुरु गरिएको हेलिकप्टरको अहिले वडी अर्थात बाहिरी भाग निर्माण हुदैछ । उनी संगै स्थानिय कमल खड्का, धुव्र विक्रम खड्का र तुलसीपुर ९ कट्कुईया निवासी ललित डाँगीले हेलिकप्टरको नमुना तयार पारेका छन् । अहिले सम्म दुई लाख रुपैया खर्च भईसकेको भन्दै हाल रकमको अभाव हुन थालेको कमल खड्काको भनाई छ । उनले उकरणहरु खरिद गर्नका लागी रकम अभाव हुन थालेपछि अहिले काम रोकीएको उनीहरुको भनाई छ । उनका अनुसार अहिले ईन्जिन, र होईड्रोलिक पंखाको आबश्यकता परेको हुदा यसमा सहयोग गरिदिन स्थानिय सरकार संग माग गरिएको छ ।
हेलिकप्टरको नाम भने अहिले छनोट गरिएको छैन भने प्राविधिक सम्वन्धी थुप्रै कुरा बाँकी रहेको छ । हेलिकप्टर बनाउनु आफैमा ठुलो चुनौती पुर्ण कुरा हो । सामान्य विषयको शिक्षाले सफलता प्राप्त गर्न असम्भव नै होला । तर उनीहरु संग शैक्षिक योग्यता नभएपनि यस भन्दा अघि आफुले विभिन्न उपकरण निर्माण गरेको बताउदै तयार बनाएरै छाड्ने सन्जु वलीको दावि छ ।
उक्त हेलिकप्टर तयार गर्न कम्तिमा पनि ६०÷७० लाख रकम लाग्ने अनुमान गरिएको छ । आल्मुनियमका धातुहरु र काठ प्रयोग गरिएको छ । उक्त समानहरु जिल्ला बाहिरबाट ल्याउने गरिएको उनीहरुको भनाई छ । उनिहरुले बनाएकोे दृश्य देखेर आफुलाई राम्रो लागेको बताउछन् स्थानिय पवन केसी ।
यसरी आफना छोरा र भतिजाहरुले गरेको नमुना योग्य काम देखेर कमल खड्काकी आमा विमला खड्का खुसी छिन् । उनले जसरी भएपनि उनीहरुको कला र सिपलाई अझ अघि बढाउने हौसला दिएको बताएकी छिन् ।साथै उनले आर्थिक समस्या भएको भन्दै सहयोग गरिदिन स्थानिय सरकार लगाएत सवैमा आग्रह गरेकी छिन् ।यसरी उनीहरुको काम देखेर स्थानिय समेत चकित परेका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख १ गते आइतवार
प्रतिक्रिया