तुलसीपुर, ३० चैत्र
तीर्थयात्री बोकेको यात्रुबाहक जीप पल्टीदा पश्चिम दाङमा एक बालीका सहीत ७ जना घाइते भएका छन् । घाइते मध्य गम्भिर भएका शान्तिनगर गाउँपालिका ३ भलानेटी निबासी ३८ बर्षका पूर्ण बहादुर परियार, र दंगीशरण गाउँपालिका ४ बैबाङ निवासी ४६ का ओम परियारलाई राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।
अन्य घाइते शान्तिनगर ३ बोक्सीखोला निबासी भविकला विक , सोही वडाको भलानेटी निबासी २० बर्षीया शोभा परियार, दंगीशरण गाउँपालिका ४ बैबाङ निबासी ३५ बर्षीया पार्वती परियार, तुलसीपुर १ निवासी ललिता केसी र उनको ७ बर्षीया छोरी सन्धया केसीको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भइरहेको चिरेघाट प्रहरी चौकीका इन्चार्ज भरतनाथ योगीले जानकारी दिए । शान्ति नगर गाउँपालिका ३ मा रहेको सुईकोट मन्दिरको दर्शन गरेर फर्किदै गरेको ग१ज ४९१७ नम्बरको जीप अनियन्त्रीत भई पल्टीदा दुर्घटना भएको प्रहरीले बताएको छ । जीपमा १० तिर्थयात्री चढेका इन्चार्ज योगीले बताए ।





