बिपद् पूर्ब तयारी तथा प्रतिकार्यको लागि छलफल

तुलसीपुर,२८ चैत ।

बिपद् पूर्ब तयारी तथा प्रतिकार्य योजना २०७६ को लागी जिल्लामा सरोकारवालाहरु विच छलफल भएको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बिपद् ब्यवस्थापन समितिका अध्यक्ष गोबिन्द प्रसाद रिजालको अध्यक्षतामा आज घोराहीमा बसेको बैठकले जिल्लामा बिपद् पूर्ब तयारी तथा प्रतिकार्य योजना २०७५ लाई अध्यावधिक गदै आगामी योजनाको बारेमा छलफल भएको हो ।

बैठकमा स्थानिय तहका प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, जिल्लाका बिषयगत कार्यालयहरु, दाङ उद्योग बाणिन्य संघ लगायत सरोकारवाला निकायहरुहरुको सहभागिता रहेको थियो । बैठकमा भुकम्प,बाढी आगलागी,हावाहुरी,सर्पदंश,महामारी, सडक ददुर्घटना आदीलाई मध्येनजर गदै जिल्लाको बिपद् पूर्बतयारी तथा प्रतिकार्य योजना २०७६ बारे तयारी बैठक बसेको हो । २०७५ मा भएका गरेका बिपदका घट्नाहरु, प्रतिकार्यमा भएका सबल पक्ष, सुधारगर्नुपर्ने पक्ष, जिल्लामा उपलब्ध श्रोत, साधनका उपलब्धता र आगामी बर्षमा हुनसक्ने बिपदका घट्नाहरुको बारेमा बृहत छलफल भएको छ ।

बैठकले सवै स्थानीय तहले स्थानीय बिपद् ब्यवस्थापन समिति गठन गरी, जोखिम क्षेत्र पहिचान गरी स्थानिय स्तरको समेत बिपद प्रतिकार्य योजना तयार गर्ने, प्रतिकार्यका लागी आबश्यक सामाग्रीहरु तयारी अबस्थामा राख्ने, आगलागी हावाहुरी जन्य बिपद्को पूर्बतयारीका लागी स्थानीय तहले जनचेतना अभिबृद्धि गर्ने, नेपाल रेडक्रस सोसाइटी र प्राक्टिकल एक्सनको सहयोगमा जिल्लामा बाढी पूर्बसुचना प्रणालीलाई संस्थागत गरी आउने मनसुन अगाबै तयार गर्ने निर्णय गरेको छ ।

बैठकको सहजीकरण जिल्ला आपत्कालीन कार्यसंचालन केन्द्रका सुचना अधिकृत खिलानाथ दाहालले सहजीकरण गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७५ चैत्र २८ गते बिहिवार
प्रतिक्रिया