२०८३ असोज ५ गते सोमवार

बहुमूल्य मुर्ती सहित पक्राउ परेका सार्वजनिक

  दाङ,चैत २६ । करिब २० करोड मूल्य बराबरको सुनबाट निर्मित गौतम बुद्धको मुर्ती सहित पक्राउ परेका चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ । मुर्ती सहित पक्राउ परेका रिम १ सल्यान घरभई कपुरकोट ५ बस्ने खड्क केसी (४०),सोही ठाउँका खिमलाल केसी (५२),सिनवाङ ४ का छवि भण्डारी (४३),र सोही ठाउँ घरभई रोल्पाको गैरी गाऊँ बस्दै आएका तुलबहादुर बुढा(३७)लाई जिल्ला प्रहरी कर्यालय दाङले शनिबार सार्वजनिक गरेको हो । सुनको मूर्ति, दुई थान खुडाँ सहित चार जनलाई उपमहानगरपालिका ३ हर्नेटीबाट जिप्रका दाङ र इप्रका तुलसीपुरको संयुक्त टोलीले शुक्रबार राति पक्राउ गरेको थियो । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको दाङका प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । सो समूहले यस अघि पनि बहुमूल्य धातुका मूर्तिहरु विक्रि गर्ने गरेको प्रहरीले आरोप लगाएको छ ।
प्रकाशित मिति : २०७३ चैत्र २६ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।