विद्युतिय संरचनामा नछुन आग्रह

तुलसीपुर, २७ चैत्र ।नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले एक सुचना जारी गदै विद्युतिय संरचनामा नछुन आम नागरिकलाई आग्रह गरेको छ । पश्चिम दाङको च्याटीखोला हापुरे देखी तुलसीपुर कृष्ण मन्दिर तथा कृष्ण मन्दिर देखी दुधरास सम्मको ३३ केभी प्रसारण लाईनको सम्पुर्ण काम सम्पन्न भएको र विहिवार देखी उक्त लाईन परिक्षण कार्य हुने भएको हुदा उक्त प्रशारण लाईनको कुनै पनि विद्युतिय संरचना नछुन आग्रह गरिएको कार्यालय प्रशासन प्रमुख युवराज विष्टले जानकारी दिएका छन् । यदि कुनै समस्या देखीएमा कार्यालयलाई जानकारी गराउन समेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र २७ गते बुधवार
प्रतिक्रिया