सगरमाथा सिमेन्टमा काम गर्ने  मजदुरकाे मृत्यु

तुलसीपुर २७ चैत्र । दाङको घोराहीमा रहेको सगरमाथा सिमेन्ट उद्योगमा काम गर्ने एक मजदुरको निधन भएको छ । काठमाण्डौं बानेश्वर घरभई हाल घोराही उपमहानगरपालिका वडा नम्वर ४ स्थित सगरमाथा सिमेन्ट उद्योगमा काम गदै आएका अन्दाजी ६५ वर्षका निश्चल राईको बुधवार निधन भएको हो । उनी बुधवार विहान आफ्नै कोठामा बेहोस अबस्थामा फेला परे पछि उनलाई उपचारका लागी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा लगीएको थियो । तर उनको सोहि अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन् । घटनाको बारेमा अनुसन्धान भईरहेको बताईएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र २७ गते बुधवार
प्रतिक्रिया