विद्युतिय सुरक्षा दिवसको अवसरमा प्रभातफेरी

तुलसीपुर, २६ चैत्र । विद्युतिय सुरक्षा दिवस मंगलवार दाङ सहित देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसका अवसरमा यता नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । “विद्युत दुर्घटनाबाट बच्न सचेत रहौ, समृद्धिको लागी विद्युतको सदुपयोग गरौ”भन्ने नाराका साथ कार्यालयबाट सुरु गरिएको प्रभातफेरी ¥यालीले तुलसीपुर बजारको विभिन्न भाग परिक्रमा गरी पुन कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो ।
¥यालीमा विद्यार्थी, कर्मचारी, जनप्रतिनिधि, राजनितिक दल लगाएत सरोकारवालाहरुको सहभागिता रहेको तुलसीपुर वितरण केन्द्र कार्यालयका प्रशासन प्रमुख युवराज विष्टले जानकारी दिएका छन् । बिद्युत लाईनबाट हुने घटनाहरुलाई न्युनीकरण गर्नका लागी हरेक वर्ष विद्युतिय सुरक्षा दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति : २०७५ चैत्र २६ गते मङ्गलवार
प्रतिक्रिया