तुलसीपुरमा एक व्यक्ति मृत फेला

तुलसीपुर, २६ चैत्र । दाङ तुलसीपुर वडा नं.९ दोघरेमा एक व्यक्ति मृत फेला परेका छन् ।दाघरे स्थित तुलसीपुर नगरविकासले प्लटिङ गरेको जग्गा वाटोको कलभट मुनि भित्री नालीमा सोमवार दिउँसो साढे तिन बजे अन्दाजी ४० वर्षिय एक पुरुष मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
मृतकको सनाखत हुन सकेको छैन । उनको हुुलिया अन्दाजी ५ फिट ५ ईन्च,वाँया खुट्टाको चोरी औला र साँईली औला नभएको,दत्तेल सुमित्रा र निम कुमारी भनी हरीयो मसीले ट्याटु खोपी लेखेको, कालो ट्राउजर,फिक्का निलो टिसर्ट लगाएको प्रहरीले बताएको छ ।मृतकको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखीएको बताईएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र २६ गते मङ्गलवार
प्रतिक्रिया