मोबाइलमा कुरा गर्ने क्रममा चट्यांङ लागेर घाइते

बैतडी । माेबाइलमा कुरा गरीरहेकाे समयमा चट्यांङ लागेर बैतडीमा दुई कीशाेरी घाइते भएका छन् । शनिबार साँझ परेको चट्यांग लागेर दशरथचन्द नगरपालिका २ देहीमाण्डौंकी १९ बर्षीया तुलसी रावत र सोही ठाउँका १९ बर्षीया ममता रावत घाइते भएका हुन् ।

मोबाइलमा कुरा गरिरहेका बेला एक्कासी चट्यांङ पर्दा दुवै जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका  प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।घाइते दुवैको जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : २०७५ चैत्र २४ गते आइतवार
प्रतिक्रिया