२०८३ असोज ५ गते सोमवार

राजनीतिक प्रभाबले देशको सम्बृद्धि हुन सकेन : प्रधानन्यायाधिस कार्की

  सुशिल बस्नेत दाङ,२६ चैत / प्रधानन्यायाधिस सुशीला कार्कीले राजनैतिक प्रभाब हरेक क्षेत्रमा देखा परेकै कारण नेपालको सम्बृद्धि हुन नसकेको बताएकी छन् । उच्च अदालत तुलसीपुरमा शनिबार आयोजना गरिएको मेलमिलाप सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै प्रधानन्यायाधिस कार्कीले राजनैतिक प्रभाब र भागवण्डाको राजनीति अन्त्य हुनुपर्नेमा जोड दिइन् । हरेक क्षेत्रमा भागवण्डाको राजनीति हुन्छ, जसका कारण नेपालले सम्बृद्धि गर्न सकिरहेको छैन, उनले भनिन सामाजीक रुपमा समान हेराई र ब्यबहार गर्न सकियो भने पछाडी परेका नागरिकहरुको उत्थान हुने उनको दाबी छ । उनले भनिन,अदालत प्रति नागरिकको बिश्वास बढाउन न्यायाधिस, अदालतका कर्मचारीको बोली ब्यबहारमा समेत परिवर्तन गर्नुपर्ने सुझाब छ । बोली ब्यबहार अझै परिवर्तन हुन सकेको छ्रैन, त्यसमा पनि न्याय सम्पादनमा लामो समय लाग्ने र खर्च हुने भएकोले न्यायालयमा सबैको पहँुच हुन नसकेको उनले बताइन् । झण्डै ५÷७ प्रतिसत शहरीया ब्यक्तीहरुको मात्र अदालत सम्म पहुँच हुन नसकेको उनको भनाई छ । मुद्धाको फैसलाको अर्को बिकल्प मेलमिलाप भएको बताउदै अदालतबाट गरिएको फैसला कार्यान्वयनमा जटिलता हुने गरेको बताइन । तर मेलमिलापबाट पक्षहरु दुबैले जीतको अनुभूति गर्ने भएकाले कार्यान्वयनमा सहजता हुने भन्दै पक्षहरुले जीतको अनुभूति गर्ने भएपनि नेपालमा मेलमिलापले खासै उपलब्धी हासील गर्न नसकेकोमा उनले चिन्ता ब्यक्त गरिन् । सोही अबसरमा न्यायपरिषद्का सदस्य पदम बैदीकले मेलमिलाप एउटा औजार भएपनि यसलाई समुदायमा अझै प्रभाबकारी रुपमा लैजान नसकेको बताए । सर्बोच्च अदालतको फैसला कार्यान्वयन हुन नसकेका थुप्रै उदाहरण रहेको बताउनुहुदै मेलमिलापबाट प्राप्त उपलब्धी भने सजीलै कार्यान्वयन हुने बताए । उच्च अदालत तुलसीपुरका मूख्य न्यायाधिस बमकुमार श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा सर्बोच्च अदालतका न्यायाधिस डाक्टर आनन्दमोहन भटराईले मेलमिलाप सम्बन्धी जानकारी र सर्बोच्च अदालतका रजिष्ट्रार नृपध्वज निरौलाले नेपालमा मेलमिलाप सम्बन्धी कानूनी ब्यबस्था र मेलमिलाप सरोकारवालाको भूमिका बिषयमा कार्यपत्र प्रस्तुती गरेका थिए ।
प्रकाशित मिति : २०७३ चैत्र २६ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।