नेपाली सेना ‘हुँ’ भन्दै यौनजन्य हिंसा मच्चाउदै

 

काठमान्डौ, २४ चैत्र
नेपाली सेनाको काम के होला ? जो सुकैको उत्तर हुन्छ, राष्ट्र राष्ट्रियतामाथि आईपर्ने खतरा र चुनौतिको सामाना गरी राष्ट्रिय एकता तथा देश जनताको रक्षागर्ने । तर गौरबशाली संगठन नेपाली सेनाको धज्जी उडाउदै सेनाको ठूलै मान्छे बताउने एक सैनिकले महिलाहरुलाई अश्लिल फोटो पठाउने र यौनजन्य दुव्र्यवाहर गर्ने गरेको रहस्य खुलेको छ ।

गोरङगे व्यारेक कर्णाली चिसापानीमा कार्यरत रहेको बताउने जनकराज अवस्थिले सामाजिक संजाल फेसवुकमा महिलाहरुलाई खोजीखोजी साथी बनाउने, यौन सम्बन्धी कुरा गर्ने र अश्लिल फोटो पठाएर यौनजन्य हिंसा गर्ने गरेको रहस्य बाहिर आएको हो । आफुलाई नेपाली सेनामा कार्यरत भएको प्रमाणीत गर्न उनले सैनिक लोगो अंकित टिसट लगाएको फोटो समेत महिलाहरुलाई पोष्ट गर्ने गरेका छन् ।

 

उनले महिलासंग कुरागर्दा आफनी श्रीमतीले पाठेघरको अप्रेसन गरेको र श्रीमती पनि राम्री नभएकोले ६ महिना देखि केटी देख्नै नहुने अवस्थामा पुगेको बताउने गरेका छन् । सुरुसुरुमा फेसवुक मार्फत म्यासेनजर बारम्बर राम्री भएको भन्दै फोटो माग्ने, सेनामा कार्यरत छु भन्दै आफनो फोटो पठाउने गर्नेगरेका अवस्थिले यौन प्रस्ताव राख्ने र अस्वीकर गरे अरु महिलालाई भएपनि खोजीदीनु प¥यो भन्दै धम्क्याउने गरेका छन् । केहि समय अघि उनि खड्ग गण दल रोल्पामा समेत कार्यरत भएको बुझीएको छ ।

यता सैनिक ऐन २०६३ को दफा ५२ मा सैनिक आचरण विपरित कार्य गरेमा अपराधको कसुर हेरी सेवाबाट बर्खास्त गर्न सक्ने समेत व्यवस्था छ । यता नेपाली सेनाले सम्बन्धित ब्यारेकमा सम्र्पक गरी अनुसन्धान सुरु गर्ने बताएको छ । ‘तपाईबाट हामीलाई जानकारी आयो,’ सैनिक प्रवक्ता याम प्रसाद ढकालले भने ‘अब छानविन टोली गठन गरेर सत्यतथ्य पत्ता लगाएर दोषी ठहर भए सैनिक ऐन अनुसार कारबाही गर्छो ।’ एकाध क्राईमका गुनासाहरु आउने गरेको भन्दै नेपाली सेना यस तर्फ सजग रहेको बताउदै प्रवक्ता ढकालले गतल कार्य गर्नेलाई कारबाही हुने बताए ।

प्रकाशित मिति : २०७५ चैत्र २४ गते आइतवार
प्रतिक्रिया