तुलसीपुरमा हुने भो निशुल्क करियर काउन्सिलिङ कार्यक्रम

तुलसीपुर,२४ चैत ।

दाङको तुलसीपुरमा निशुल्क करियर काउन्सिलिङ तथा मोटिभेसनल कार्यक्रम हुने भएको छ । एसईई दिएका विद्यार्थीहरुलाइ लक्षित गरेर एसईई पछि के ? गर्ने भन्ने बिषयमा छलफल तथा काउन्सिलिङ गर्ने उदेश्यले कार्यक्रम हुन लागेको हो ।

डिभाइन इनिस्टिच्युट तुलसिपुरको आयोजनमा कार्यक्रम हुने र कार्यक्रम मा अनुभवी प्रशिक्षकद्वारा निशुल्क प्रशिक्षण दिइने इनिस्टिच्युटका संचालक हिमाल डिसिले बताउनुभयो । कार्यक्रमले विद्यार्थीको आत्ममुल्याङ्कन को क्षमता अभिबृद्धी गर्ने र आफ्नो क्षमता आफैले पहिचान गरेर गन्तव्य रोज्न सघाउने डिसिले बताउनुभयो ।

यहि चैत २५ गते हुने कार्यक्रममा सहभागी भैदिन डिभाइन इनिस्टिच्युटले सम्पुर्ण विद्यार्थी तथा अभिभावक हरुलाइ अनुरोध गरेको छ । कार्यक्रम विएसएस पार्टी प्यालेसमा दिउँसो १ बजे हुनेछ ।

प्रकाशित मिति : २०७५ चैत्र २४ गते आइतवार
प्रतिक्रिया