तुलसीपुर वजारका ठेला व्यवस्थापन गरिने

तुलसीपुर, चैत्र २२ ।

तुलसीपुर उपमहानगरपालिकाले वजार क्षेत्रभित्र रहेका ठेला व्यवस्थापन गर्ने भएको छ । वजारमा जथाभावि ठेलामा व्यापार गर्दा दुर्घटना हुनुका साथै वजारको सौन्दर्यता हराएको भन्दै उपमहानगरपालिका कार्यपालिकाको ५६ औ वैठकले वजार क्षेत्रभित्र ठेलामा व्यापार गर्न प्रतिवन्धत लगाएको नगर प्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिए ।

नगरप्रवक्ता डाँगीका अनुसार तुलसीपुर वजार क्षेत्र अन्तर्गत पुर्वमा हात्तिखौवा,पश्चिममा पातुखोला पुल, उत्तरमा शिवनगर र दक्षिणमा गुम्राह चोक भित्र व्यापार गर्न पाइने छैन । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकले असार मसान्तसम्म निर्माण भएका भवनहरु नक्सापास तथा अभिलेखीकरण नभएमा उपमहानगरपालिकाका तर्फबाट कुनै पनि सिफारिस नगरिने जानकारी दिए ।

कार्यपालिकाको बैठकले नदीजन्य पदार्थ चोरी निकासी हुने गरेको गुनासो आएकाले त्यसको नियन्त्रणका लागि वडाध्यक्ष विजय विकको अध्यक्षतामा अनुगमन समिति निर्माण गरेको छ । यसैगरी वैठकले शहरी क्षेत्रभित्र सरसफाईलाई व्यवस्थित गर्नका लागि सरसफाई कार्ड वितरण गरिने समेत निर्णय गरेको छ । कार्ड वितरणका लािग सार्वजनिक निजी संस्थासँग साझेदारी गरिने भएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र २२ गते शुक्रवार
प्रतिक्रिया