हरेक महिला उद्यमशिल बन्नुपर्ने

तुलसीपुर, १८ चैत । हरेक महिलाहरु आत्म निर्भर बन्न सके मात्र महिला हिंसा न्यनीकरण हुने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।महिलाहरु स्वरोजगार भई आत्म निर्भर बन्न सकेमा महिला प्रति हुने हिंसा कमी हुदै जाने उनीहरुले बताएका छन् । सोमवार देखी तुलसीपुर ६ बरुवागाउँमा महिला उद्यमशिलता तथा आयआर्जन सम्वन्धी तिन दिने तालिम उद्घाटन कार्यक्रममा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन् ।

दलित महिला संघ जिल्ला शाखा दाङको आयोजना तथा तुलसीपुर वडा नम्वर ६ को वडा कार्यालयको सहयोगमा तालिम सन्चालन गरीएको छ ।वडा अध्यक्ष नवराज लामीछानेको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले हरेक महिलाहरु उद्यमशिल बन्नुपर्ने बताएकी छिन् ।
विगतमा भन्दा अहिलेको अवस्थामा महिलालाई राज्यले थुप्रै अधिकार र अवसर दिएको भन्दै अवका दिनमा कुनै पनि महिला बेरोजगार भई बस्न नहुने बताएकी थिईन् ।

उपमहानगरपालिकाले महिलाहरुको आर्यआर्जनका लागी विभिन्न सिपमुलक कार्यक्रमहरु सन्चालन गरेको बताउदै सिकेका सिपलाई व्यवहारमा लागु गर्नुपर्ने बताएकी छिन् । कार्यक्रममा दलित महिला संघ जिल्ला अध्यक्ष एवं वडा सदस्य युवा कराराले आर्थिक ,राजनैतिक,सामाजिक र शैक्षिक हिसावले पछाडी परेका महिलालाई जागरुक गराउनु पर्ने बताएकी थिईन् ।अझै पनि समाजमा महिला माथी विभिन्न खाले हिंसा भईरहेको भन्दै यसलाई न्युनीकरण गर्न सवै एक जुट हुनुपर्ने बताएकी छीन् ।
सो अवसरमा पत्रकार लक्ष्मण विश्वकर्मा लगाएतले बोलेका थिए । तिन दिन सम्म सन्चालन हुने तालिमको प्रशिक्षकमा खेमराज विश्वकर्मा रहेका छन् । कार्यक्रमको सहजीकरण वडा सदस्य यमुना परियारले गरेकी थिईन् ।

प्रकाशित मिति : २०७५ चैत्र १८ गते सोमवार
प्रतिक्रिया