जेसिजले सांस्कृतिक कार्यक्रम गर्ने

तुलसीपुर, १७ चैत्र / तुलसीपुर नगर जेसिजले नयाँ बर्षको अवसरमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । स्थानीय कला र संकृतिको जगेर्ना तथा भाइचारको सम्बन्ध कामयम राख्ने उद्देश्यले वृहत सांकृतिक कार्यक्रमको आयोजना गरिएको जेसिजले तुलसीपुरमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । आयोजकले पाँच लाख रुपैयाँ संकलन गर्ने र त्यसबाट बचेको २० प्रतिशत रकम अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग गर्ने जेसिजका अध्यक्ष मेघराज घिमिरेले जानकारी दिनुभयो । यस अघि जेसिजे अंग्रेजी बर्ष मात्रै मनाउने गरेको थियो । पत्रकार सम्मेलनमा प्रवक्ता नारायण भट्टराईले यही चैत ३० बैशाख १ गते सहित दुई दिन सांस्कृतिक कार्यक्रम संचालन गरिने जानकारी दिनुभयो । राष्ट्रिय स्तरका लोकगायक कुलेन्द्र विश्वकर्मा, सन्दिप न्यौपाने, कमल खत्री र स्थानीय कलाकाहरुको पनि प्रस्तुती रहने छ । जेसिजका महासचिव मोहन सुनारले सहजीकरण गरेको पत्रकार सम्मेलनमा कार्यकारी उपाध्यक्ष माधव न्यौपानले विषय बस्तुका बारेमा प्रकाश पार्नुभएको थियो ।

प्रकाशित मिति : २०७५ चैत्र १७ गते आइतवार
प्रतिक्रिया