ओखलढुंगामा जिप दुर्घटना हुदा ६ जनाको ज्यान गयो

ओखलढुंगा, १७ चैत । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृतक मध्ये चार पुरुष र दुई महिला छन् । यो समाचार तयार पार्दा सम्म उनीहरुको सनाखत हुन सकेको छैन ।सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं जाँदै गरेको बा१६च २२०७ नम्वरको स्कोरपियो मानेभञ्ज्याङ ६ स्थित सडकबाट ५ सय मिटर तल पिपल खोलामा खसेर दुर्घटना भएको हर्कपुर प्रहरी चौकीले जनाएको छ ।घाइतेलाई स्थानिय अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी भईरहेको प्रहरीले बताएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २०७५ चैत्र १७ गते आइतवार
प्रतिक्रिया