नेपालमा सुन पर्याप्त छैन : केन्द्रिय सचिव श्रेष्ठ

लक्ष्मण विश्वकर्मा ,तुलसीपुर १६ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सचिव सुदिप श्रेष्ठले व्यवसायीहरुले प्रर्याप्त मात्रामा सुन पाउन नसकेको बताएका छन् ।सुनचादी व्यवसायीहरुलाई आबश्यक पर्ने कच्चा पदार्थ भनेकै सुन भएकाले त्यो पर्याप्त नभएको उनले बताएका छन् । दाङ तुलसीपुर सुनचादी व्यवसायी समितिको शनिवार तुलसीपुरमा सम्पन्न भएको १२ औ बार्षिक साधारण सभालाई सम्वोधन गदै उनले यस्तो बताएका हुन् ।

व्यावसायीहरुले चाहेको समयमा र आबश्यकता अनुसार सुन नपाउदा दुखी भएको बताउदै उनले नेपालमा राष्ट बैंक मार्फत दैनिक २० केजी सुन आयात हुने र दाङमा मासीक दुई केजी सुन खपत हुने गरेको उनको भनाई छ ।समितिका अध्यक्ष मदन केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले प्रतिशतको आधारमा भन्दा पनि व्यवसायीहरुको प्यान नम्वरको आधारमा सवैलाई बराबर सुन वितरण गर्नुपर्ने निति आफुहरुले अघि सारेको बताएका छन् ।साथै उनले देशको अर्थतन्त्रलाई बलियो बनाउनका लागी सुनचादी व्यवसायीहरुको पनि महत्वपुर्ण भुमिका रहेकाले राज्यले आफुहरुको सुरक्षा ग्यारेन्टी गर्नु पर्ने बताएका छन् ।
सो अवसरमा सनुचादी व्यवसायी संघ प्रदेश ५ का कोषाध्यक्ष लोक बहादुर स्वर्णकार, विश्वकर्मा समाज प्रदेश ५ का सचिव खेमराज विश्वकर्मा, मानव अधिकार तथा शान्ती समाज दाङका उपसभापति तुलसीराम सुनार, सुनचाँदी व्यवसायी समिति तुलसीपुरका संस्थापक ईश्वरी सुनार र समितिका उपाध्यक्ष पंकज शाह लगाएतले व्यवसायीहरुको हकहित र अधिकार प्राप्तीका लागी सम्पुर्ण व्यवसायी एकजुट हुनुपर्ने बताएका थिए । सभामा समितिका महासचिव हरिकृष्ण विकले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सुनिल सुनारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सदस्य मोहन सुनारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समितिका सचिव लोक बहादुर विश्वकर्माले गरेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र १६ गते शनिवार
प्रतिक्रिया