नेपाली काग्रेसका सभापति देउवा चैत २० गते दाङ आउने

तुलसीपुर, १६ चैत । नेपाली काग्रेसका सभापति सेर बहादुर देउवा यहि चैत २० गते दाङ आउने भएका छन् । नेपाली काग्रेस क्षेत्र १ ले दाङ देउखुरीमा विपि कोईरालाको स्मृतिमा भवन निर्माण गर्न लागेको हुदा उक्त भवनको शिलान्यास गर्न उनी दाङ आउन लागेका हुन् । पुर्व प्रधानमन्त्री समेत रहेका देउवाले एक कार्यक्रम उक्त भवन निर्माणको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ । उनी संगै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रिय सदस्यहरु बालकृष्ण खाँण लगाएतका नेताहरु उक्त कार्यक्रममा सहभागी हुने क्षेत्र नम्वर १ का उपसभापति देवानजंग चौधरीले जानकारी दिएका छन् । यो समाचार आजको प्रदेश टुडे दैनिकमा प्रकाशित भएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र १६ गते शनिवार
प्रतिक्रिया