विभिन्न प्रलोभन देखाएर तिन महिलालाई बलात्कार,दुई करोड भन्दा बढि रकम ठगी गर्ने व्यक्ति पक्राउ

तुलसीपुर, १५ चैत । विभिन्न प्रलोभन देखाएर ठगी गर्ने तथा जवरजस्ती करणी गरेको अभियोगमा एक जनालाई दाङ प्रहरीले पक्राउ गरी शुक्रवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । पिडितहरुले दिएको जाहेरीको आधारमा तत्कालिन उरहरी गाविस वडा नम्वर ८ वेलगनार घर भई हाल साविक घोराही १५ बस्दै आएका भुवन भनिने महेश धिताललाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।
उनलाई दाङ र वाँकेको सीमावाट उनी सवार गाडी सहित गत बुधवार १३ गते साझँ गोप्य सुचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक वेल बहादुर पाण्डेले जानकारी दिएका छन् ।
उनको साथबाट २ करोड भन्दा बढि रकम मिटर ब्याज लगाएर ठगि गरेका चेक, एक गाडी , एक स्कुटी लगाएत विभिन्न कागजपत्रहरु समेत बरामद गरिएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिएका छन् । जसमा चेक ८२ थान, रु १,६९,००,००० भएको चेक , खाली चेक २ वटा, तमसुक ३२ वटा, तमसुक रकम १,२४,००,०००, ढुकुटी खेलाएको रजिष्टर ४ वटा, खाली तमसुक ४ वटा, पत्रकार परिचय पत्र १ थान, मोवाईल २ थान ,नगद १८,५००, सुनको औठी २ वटा, व्रासलेट १ वटा,बा १५ च ७६६८ नं. को गाडी, भे ८ प ३९५५ नं. को स्कुटी र एक थान घडी रहेका छन् ।
पक्राउ परेका धिताललाई दाङ देउखुरी जिल्ला अदालतमा पेश गरीएको अदालतले ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ ।
उनी विरुद्ध ठगी सम्वन्धी ५ जना पीडितले सामूहिक जाहेरी र जवरजस्ती करणी सम्वन्धी ३ जनाले छुट्टा छुट्टै जाहेरी दिएको प्रहरीले बताएको छ ।सर्वसाधारणलाई विभिन्न प्रलोभन , तथा बाहाना बनाएर ठगी गरेको उनी माथी आरोप लागेको छ ।
पक्राउ परेका धितालले प्रहरी प्रमुख संग खिचाएको फोटो र पत्रकारको कार्ड देखाउदै बिभिन्न ब्यक्तिहरुलाइ धम्कि दिदै आएको, म पत्रकार पनि हुँ पत्रिकामा छपाइ दिन्छु, भन्दै ३६५ प्रतिशतका दरले व्याज असुल उपर गर्ने र विभिन्न वहाना, प्रलोभन देखाई ब्लाकमेल गरी महिला माथी शारीरिक शोषण समेत गर्ने र पीडीत महिलालाई निरन्तर धम्क्याउने र शोषण गर्ने कार्य गरेको पिडितहरुले जाहेरीमा उल्लेख गरेका छन् । उनले केहि समय अघि साबिक घोराही नगरपालिका १५ दिपशिखा रोडमा होटल सञ्चालन, जग्गाको कारोवार र ढुकुटी सन्चालन गरेको प्रहर िअनुसन्धानबाट खुल्न आएको जनाईएको छ । उनको साथबाट थुप्रै चेक तथा तमसुक फेला परेकाले उनको आर्थीक श्रोत, आम्दानी र हालको सम्पतीका सम्वन्धमा समेत अनुसन्धान गरी प्रमाण सहित थप अनुसन्धानका लागी सम्पत्ती सुद्धिढीकरण विभागलाई समेत पठाईने प्रह्री प्रमुख पाण्डेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र १५ गते शुक्रवार
प्रतिक्रिया