विप्लवका नाममा गरिएको हिंसात्मक राजनीति स्वीकार्य हुदैन: मुख्यमन्त्री

तुलसीपुर, १४ चैत्र

५ न. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले हिजोको परिस्थीको शिरानी हालेर विप्लवका नाममा गरिएको हिंसा र त्रासको राजनीति स्वीकार्य नहुने बताउनुभएको छ । नेपाली कांग्रेस, तत्कालीन एमाले र माओवादी केन्द्रले हतियार उठाउनु पर्ने परिस्थीत र अहिलेको परिस्थीतीमा अकाश जमिनको फरक भएको भन्दै विगतमा गरिएको हिंसालाई अहिलेको हिंसासंग तुलना गर्न नमिल्ने उहाँले बताउनुभयो । नेपाल कम्युनष्टि पार्टी (नेकपा) तुलसीपुर नगरकमिटीको सपथ ग्रहण तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले विप्लव माओवादीले गरेको हिसालाई राजनीतिक रुपमा अथ्र्याउन चुनौति दिए ।
‘त्यो दल न दर्ता भएको छ । न त त्यसले संविधानलाई स्वीकार गरेको छ । न त त्यसले गरे्का गतिविधिहरु राजनीतिक छन,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो– ‘शुसानकालागि विद्रोह गर्ने हो भने संविधानको दायरामा बसेर त्यसको अभियान चलाएर राज्यलाई साथ दिनु प¥यो नि । प्रमाण जुटाय सरकार कारबाही गर्न स्वयम तयार छ । त्यसका लागि विद्रोह गर्नु पर्दैन ।’
अहिलेको संविधान नेपाली जनताले ल्याएको भन्दै संघियताको विकल्प खोजेर एकतात्मक राज्यमा फर्किन्छु भने पनि हुने उहाँले बताउनुभयो । आफनै कार्यकर्ताहरु पनि विप्लव माओवादीलाई लगाएको प्रतिवन्ध प्रति अलमलमा परेको देख्दा आश्चर्यमा परेको बताउदै मुख्यमन्त्री पोखरेलले विगतमा सबैले हिंसात्मक राजनीति गरेका हुन त्यसैले यीनीहरुले पनि गरे के भोर भन्ने तर्क समयानुल उचित नभएको टिप्पणी गर्नुभयो ।
फरक प्रसंगमा पार्टी कार्याकर्तालाई पार्टीको कार्यदिशा, नीति, कार्यक्रम र विचारलाई जनता सामु लैजाने र जनप्रतिनीधिले गरेका राम्रा कामको पनि प्रचारमा जुट्नु पर्ने बताउनुभयो । सरकार विकास निर्माण कार्यमा तिब्र रुपमा लागेको भन्दै यसको सन्देश गाउँ गाउँमा पु¥याउन उहाँले निर्देशन दिनुभयो । सरकारले गरेका राम्रा कामका विरुद्ध भ्रम सृजना गर्नेहरु बलिया हुदै गएको भन्दै त्यसका लागि राम्रा कामको प्रचार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री पोखरेलले दुईवटा पार्टीलाई एकता गरेर बलियो पार्टी निर्माण गरेको बताउदै एकता कार्यलाई आधारभूत रुपमा सम्पन्न गरेको दाबी गर्नुभयो । निराशा छाएको बेला नेतृत्व तहले बेला–बेलामा आशा जगाउने काम गरेको भन्दै मुख्यमन्त्री पोखरेलले बैशाख महिना सम्म जिल्लाको कमिटी पनि चमात्कारीक रुपमा मिल्ने कुरामा ढुक्क रहेको बताउनुभयो । सोही अवसरमा नेकपाका प्रदेश सचिव जगप्रसाद शर्मा अपारले राजनतिक कार्यदिशाको आधारमा समृद्ध नेपालको समपना पुरा गर्ने काममा लाग्नु पर्ने बेला आएको बताउनुनभयो । बाम पार्टीहरु फुट्न मात्र जोनेका छन जुट्न जानेका छैनन् भन्ने भ्रमलाई चिर्दै दुइ ठूला पार्टीलाई एउटै बनाउनुमा अध्यक्ष द्धोयको भूमिका महत्वपूर्ण रहेको सचिव शर्माले बताउनुभयो । राजनीतिक संक्रमणकालको अन्त्य भएको भन्दै उहाँले अव हाम्रो सामु समृद्ध नेपाल, सुखी नेपाली सपना पुरा गर्ने अभिभारा रहेको बताउनुभयो । नगर कमिटीका अध्यक्ष खुशीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर नगर कमिटीमा रहेका एक सय एक जना सदस्यलाई मुख्यमन्त्रीेले सपथ ग्रहण गराएका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र १४ गते बिहिवार
प्रतिक्रिया