दुर दराजमा पुगेर आँखाका विरामीलाई सेवा दिन्छौ : सभापति गिरी

तुलसीपुर, १३ चैत । नेपाल नेत्रज्योती संघ दाङका सभापति कृष्ण कुमार गिरीले नेपालमा १८ वटा आँखा अस्पताल र ८५ वटा आँखा उपचार केन्द्र मार्फत सेवा दिईरहेको बताएका छन् । जिल्ला शाखा दाङले ४१ औ स्थापना दिवसको अवसरमा वुधवार रक्षाचौरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम उनले यस्तो बताएका हुन् । नेत्रज्योती संघका केन्द्रिय समिति सदस्य समेत रहेका गिरीले देशभरका दुर दराज तथा कुना कन्दरामा पुगेर आँखाका विरामीलाई सेवा दिईरहेको बताएका थिए ।
सो अवसरमा राप्ती आँखा अस्पताल रक्षाचौरका वरिष्ठ प्रसासकिय अधिकृत सम्शेर थापाले नेत्रज्योती संघले स्थापनाकाल देखी सन् २०१८ सम्म १७ लाख वढिलाई आँखा उपचार सेवा प्रदान गरेको बताएका छन् । यस्तै १ लाख ३२ हजार ७ सय ८३ जनाको आँखा अप्रेसन गरी उनीहरुलाई नयाँ ज्योती दिएको जानकारी दिएका छन् ।
उनले आँखा स्वास्थ्य कार्यक्रम अन्र्तगत अहिले आन्तरिक र बाह्य कार्यक्रम मार्फत सेवा दिईरहेको बताएका छन् । साथै उनले साविक राप्ती मात्र नभई अहिले प्रदेश पाँच र कर्णाली प्रदेशमा समेत सेवा विस्तार गरेको बताएका थिए । यसैविच दिवसका अवसरमा संघले विहान तुलसीपुरमा प्रभातफेरी र राप्ती आँखा अस्पताल रक्षाचौरमा रहेका आँखाका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।

प्रकाशित मिति : २०७५ चैत्र १३ गते बुधवार
प्रतिक्रिया