कोठामा थुन्ने नेकपा सचिवको अध्यक्षलाइ चेतावनी

तुलसीपुर, १३ चैत्र
नेपाल कम्युनष्टि पार्टी नेकपाका तुलसीपुर नगर कमिटी सचिवले पूर्व अध्यक्षलाई कोठामा थुन्ने चेतावनी दिएको खबर यति बेला चर्चामा छ । नगर कमिटीमा क–कस्लाइ राख्ने भन्ने विषयमा सहमति नजुटेपछि नेकपका तुलसीपुर नगर कमिटि सचिव माधव वलीले नेकपा एमालेका पूर्व नगर कमिटी अध्यक्ष भुवबहादुर केसीलाई कोठामा थुनेर भएपनि आफुले भनेको मान्छेको पक्षमा जवरजस्ती हस्ताक्षर बनाउने चेतावनीे दिएका हुन् ।
दलित, महिला जनाजाति, अल्पसंख्यक सबैलाई मिलाएर लैजाउ भन्दा नमानेर जिल्लामा बसेका मान्छेलाई समेत नगरमा ल्याउन खोज्दा त्यसको विरोध गर्दा आफु माथि खनिएको पूर्व अध्यक्ष वलीले गुनासो गरे । फागुन २८ गते बसेको अनौपचारीक बैठकमा नेताहरु हुकुम बस्नेत, विनोद शर्मा, अमित शर्मा, मानबहादुर रावत, मनोहर बुढाथोकी, कृष्ण भुसालको पनि सहभागीता रहेको वलीले बताए ।
‘उ (माधव वली) र हामी बसेर केहि दिन अघि नगर कमिटमा को कस्लाई सिफारिस गर्ने भन्ने विषयमा खाका तयार भएको थियो,’ पूर्व अध्यक्ष वलीले भने– ‘त्यही अनुसार गरौं भन्दा मानेन । उसले भनेको मान्छेको नाममा मैले असहमति जनाएपछि कोठामा हुलेर भएपनि सिग्नेचर बनाउछु भन्यो ।’ यता सचिव वलीले भने आफुले त्यस्तो कुरा नबोलेको बताएका छन् । कोठामा छिस्कनी लगाएर यही बसेर भएपनि जसरी हुन्छ सहमति गर्नु पर्छ भनेको कुरालाई अति रञ्जीत बनाएको वलीले बताए ।

तुलसीपुर नगर कमिटीमा वली एक पक्षीय ढंगले हावी हुदै गएको भन्दै उनको तिब्र आलोचना हुने गरेको छ । स्रोतका अनुसार पार्टीकै अध्यक्ष खुशीराम चौधरीलाई समेत उनले नसोधेर मनोमानी तवरले काम गर्ने गरेको बुझीएको छ । यद्यपी यो समाचार तयार पार्दा सम्म पूर्व एमाले भित्र सहमति जुट्न सकेको छैन् । गएको फागुनमा नेकपाको प्रदेश कमिटीले अध्यक्षमा खुशीराम चौधरी र सचिवमा माधव लीलाई जिम्मेवारी दिएको थियो । एक सय एक जना संख्या रहने नगर कमिटीमा पूर्व माओवादीलाई अध्यक्ष सहित ४८ र एमालेलाई सचिव सहित ५३ जनाको भागवन्डा परेको थियो । नगर कमिटीले सिफारिस गरेर पठाएपछि मात्रै नेकपाको जिल्ला कार्यदलले त्यसलाई अनुमोदन गर्ने प्रावधान छ ।

प्रकाशित मिति : २०७५ चैत्र १३ गते बुधवार
प्रतिक्रिया