लेनदेनको मुद्धामा फरार भण्डारी तुलसीपुरबाट पक्राउ

तुलसीपुर , १२ चैत । लेनदेन मुद्धामा फरार दाङ तुलसीपुर ५ निवासी ३९ वर्षिय यादव प्रसाद भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार फरार भण्डारीलाई तुलसीपुरको गुम्राहचोकबाट सोमवार पक्राउ गरिएको हो ।
दाङ देउखुरी जिल्ला अदालतले २०७३ साल मंसिर २० गते एक लाख ३५ हजार र थप चार हजार आठ सय ७४ रुपैयाँ ब्याज तिर्नुपर्ने फैसला गरेको थियो । त्यसपछि उनी फरार भएका थिए ।

लुकीछिपी हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी बिनोद बिक्रम शाहले जानकारी दिएका छन् ।
अदालतको फैसला बमोजिम उपस्थित भई कानुन पालना गर्नुको साटो फरार भएको भन्दै अदालतले भण्डारीलाई २०७४÷१२÷१६ गते थप छ महिना कैदको फैसला गरेको थियो ।पक्राउ परेका भण्डारीलाई जिल्ला प्रहरी कार्यालय दाङले फैसला कार्यान्वयन अनुसार अदालतमा उपस्थित गराएर कारागार चलान गरेको प्रहरी प्रवक्ता शाहले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र १२ गते मङ्गलवार
प्रतिक्रिया