मृतकका परिवारलाई नेपाली कांग्रेसको सहयोग

तिर्थराज ज्ञवाली, देउखुरी ११ चैत ।
दक्ष फेसनलेवल डे«स डिजाईन गर्ने क्षमता रहेका युवा पीपरी निवासी ओम प्रकाश परियारको असामयीक निधन भए पश्चात नेपाली काग्रेस पार्टिमा आवद्ध नेता कार्यकर्ताहरुले मृतकका परिवारलाई सहयोग गरेका छन् । मृतककी श्रीमति पुष्पा परियार लाई पार्टिको तर्फ बाट संकलित नगद ११ हजार ७ सय ६० रुपैया तथा युवा नेता गोविन्द रेग्मी, स्यामा रावतले एक जोर कपडा, सहयोग गरेका छन ।

परियारको असामयीक निधन भएको १३ र्औं दिनको पुन्यतिथिको दिन पारेर पुर्व सांसद सुशिला चौधरी, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा अध्यक्षहरु तथा नेपाली काग्रेश सिसहनिया लालमटियाका सभापतिहरुको सहभागीता रहेको थियो ।

काग्रेसले परियारको मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार जन प्रति गहिरो समबेदना प्रकट गरिएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र ११ गते सोमवार
प्रतिक्रिया