आगोमा जलेर दाङमा एक महिने शिशुको मुत्यु

तुलसीपुर, ११ चैत । दाङमा आगोले जलेर एक महिने शिशुको ज्यान गएको छ । राप्ती गाउँपालिका १ बगासोती बस्ने हिमाल राना मगरका १ महिने शिशुको आगोमा जलेर ज्यान गएको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । आईतवार साँझ उनको घरमा ४ वर्षिय बालकले आगो खेलाउदा घरमा आगलागी हुदा १ महिनाकी शिशु जलेर गम्भिर घाईते भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घाइते शिशुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा गएराती साढे १० वजेतिर निधन भएको हो । आगलागीबाट घरमा अन्य क्षति नभएको बताईएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र ११ गते सोमवार
प्रतिक्रिया