दोस्रो वडा अध्यक्ष कप प्रतियोगिता सम्पन्न

सुमन वली,तुलसीपुर, १० चैत । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ को आयोजनामा सञ्चालन भएको दोस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता आईतवार समापन भएको छ । वडा अध्यक्ष राजु आचार्यको अध्यक्षतामा प्रतियोगिताको समापन भएको हो ।
स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिताको समापन अवसरमा बोल्दै वडा अध्यक्ष आचार्यले लुकेर बसेका खेलाडीहरुको प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिताहरुले थप हौसला प्रदान गर्नेे बताएका थिए ।
सो अवसरमा खेल संयोजक राजकुमार केसीले प्रतियोगिता सम्पन्न गराउन सहयोग गर्ने सबैमा धन्याबाद ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण पिताम्बर खनालले गरेका थिए । ३ दिनसम्म चलेको प्रतियोगितामा भलिबल तर्फ एकता टोल विकास संस्था प्रथम, नवज्योति टोल विकास संस्था द्धितिय र जनसुधार टोल विकास संस्था तृतिय भएका थिए ।
यस्तैगरि पुरुष रस्साकस्सी तर्फ मिलनचोक टोल विकास संस्था र महिला रस्साकस्सी तर्फ एकता टोल विकास संस्था प्रथम भएका थिए ।त्यस्तै राजारानी खेलमा मिलनचोक टोल विकास संस्था, कुर्सी दौडमा कमलपोखरी टोल विकास संस्था र स्लो बाइक प्रतियोगितामा केशब केसी प्रथम भएका थिए ।प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने खेलाडीहरुलाई नगद, प्रमाणपत्र र सिल्ड प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०७५ चैत्र १० गते आइतवार
प्रतिक्रिया