कपुरकोटको विकट गाउँमा मोटरबाटो पुग्यो, स्थानिय खुसीले गदगद

सल्यान, १० चैत्र ।

सल्यान कपुरकोटको विकट बस्तीमा मोटरबाटो पुगेपछि गाउँलेहरु हर्षित भएका छन् । रोल्पा रुन्टीगढी गाउँपालिका संग जोडिएको कपुरकोट गाउँपालिका वडा नम्बर १ बाँझबोटमा मोटरबाटो पुगेको हो । कपुरकोटबाट दाङको तुलसिपुर पुग्न २० किलोमिटर मात्रै छ । तर कपुरकोट गाउँपालिकाकै वडा नम्बर १ बाँझबोट २५ किलोमिटर भन्दा टाढा छ । यस गाउँ निकै विकट मानिन्छ । तर बाँझबोटमा मोटरबाटो पुगेपछि स्थानियमा विकासको आशा पलाएको छ । स्थानिय ओज बहादुर खड्काले गाउँमा मोटरबाटो पुगेपछि आफुहरु निकै खुसि भएको बताए ।

कपुरकोट गाउँपालिकाले गत वर्षबाट बाँझबोटमा मोटरबाटो पुर्याउने कार्य थालनि गरेको थियो । यस वर्ष पनि ६ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । स्थानियले तिहारमा भैलो खेलेको रकम ५० हजार समेत लगानी गरेर गाउँसम्म मोटरबाटो पुर्याएका हुन् । निर्माण उपभोक्ता समितीका अध्यक्ष कृष्ण बहादुर पुनले आफ्नो गाउँको समस्यालाइ मध्यनजर गरेर गाउँपालिकाले बजेट विनियोजन गरेको र आफुहरु गाउँसम्म बाटो ल्याउन सफल भएको बताए । दुःख विरामी पर्दा एम्बुलेन्स समेत आउने बाटो नहुँदा र गाउँमा उत्पादन गरेको कृषिजन्य वस्तु बजार सम्म पुर्याउन समस्या पर्दा चिन्तीत बनेका बाँझबोट वासिहरु अहिले हर्षित छन् ।

स्थानिय नर बहादुर सुनारले विगतमा गाउँमा उत्पादन भएको तरकारि कपुरकोट सम्म पुर्यान साढे ३ घण्टा सम्म लाग्ने गरेको सम्झीन्छन् । उनले भने, ‘बजार सम्म तरकारि विक्रि गर्न लैजानका लागी अहिल्लो रात नै घरबाट भारि बोकेर निस्कनुपर्ने हुन्थ्यो, अव त गाउँमै बाटो आएपछि धेरै सजिलो हुने भयो ।’

कपुरकोट १ का वडाअध्यक्ष बारालाम खड्काले आफ्नो वडाका विभिन्न वस्तीमा बाटो, विद्युत, खानेपानी जस्ता विकास निर्माणका कार्यमा आफु खटिरहेको बताएका छन् । यसैविच उक्त मोटरबाटोको आइतबार गाउँपालिका स्तरिय अनुगमन समितीले अनुगमन समेत गरेको छ । अनुगमन समितीका संयोजक तिला बुढा मगरले सो अवसरमा उपभोक्ताहरुलाइ विकास भनेको दिर्घकालिन हुनुपर्ने भन्दै निर्माण गरिएको मोटरबाटोको मर्मतसम्भारमा ध्यान दिन आग्रह गरिन् । अनुगमन टोलिमा पत्रकार महासंघ सल्यानका सचिव शंकर के सी, योजना शाखाका प्रमुख राजेन्द्र डीसी, प्राविधिकहरु प्रविण शाह, तिलक चौलागाइ लगाएत सहभागी थिए ।

प्रकाशित मिति : २०७५ चैत्र १० गते आइतवार
प्रतिक्रिया