बबईमा रोकिएको पुलको निर्माण कार्य पुनः सुरु

तुलसीपुर, १० चैत्र / बाढीले निर्माण सामग्री बगाएपछि अबरुद्ध मठेउरा–मलै जोड्ने बबई खोलाको पुलको काम अलिहे तिब्र गतिमा अघि बढाईएको छ । २०७४ साउन २७ गते बबई खोलामा आएको बाढीले निर्माण सामग्री र स्काभेटर बगाउदा करिब ६ करोड बढीको क्षेति भएपछि पुलको काम रोकिएको थियो । बबई गाउँपालिका–७ स्थित मठेउरा र मलै जोड्नेगरि बबईखोलामा पुन निर्माण गर्न लागिएको हो ।
प्रगति लुम्बीनी पप्पु वाईपी जेभीले २०७३ असार ३० गते डिभिजन सडक दाङसंग २५ करोड १० लाख ८५ हजारमा सम्झौता गरेको डिभिजनका इन्जीनियर ध्रुव चन्दले जानकारी दिनुभयो । सम्झौता पत्रमा ३६ महिना भित्र निर्माण कार्य पुरा गनुपर्ने उल्लेख । बक्स गडर नाम दिइएको पुलको लम्बाई दुई सय मिटर र साढे १० मिटर चौडाई रहेको साइड इन्चार्ज बुद्ध नेम्बाङले जानकारी दिनुभयो ।
२५ मिटर गहिरो र चार वटा स्पाम (पिलर) रहेको पुलको निर्माण कार्य पछिल्लो पटक २०७५ असारबाट सुरु भएको थियो । इन्चार्ज नेम्बाङका अनुसार पुलको निर्माण कार्य अहिले २० प्रतिशत पुगेको छ । बाढीले साविकको निर्मार्णाधिन पुलको फाउण्डेसन पुरेपछि त्यहाँबाट चार मिटर पश्चिम सारिएको छ । ‘साविकको पुल निर्माण स्थलबाट नयाँ स्थानमा सार्दा पुनः सर्भे तथा डिजाइन गर्दा र विमाको रकम ल्याउँदा काममा केही ढीलाई भएको हो,’ इन्चार्ज नेम्बाङले भन्नुभयो– तपाईले पनि हेर्न सक्नुहुन्छ हामीले तिब्र गतिमा कामलाई अगाडि बढाएका छौ ।’ पुलको निर्माण कार्य सम्पन्न भएमा मठेउरा, मलै, ढोलपुर, कृष्णपुर, रावततारा लगाएतका दर्जनौ गाउँका हजारौं स्थानीयहरु लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : २०७५ चैत्र १० गते आइतवार
प्रतिक्रिया