भालुवाङको एक घरमा आगलागी हुदा डेढ लाखको क्षति

सन्तोषकुमार गुप्ता, भालुवाङ २६ चैत ।।

देउखुरीको राप्ती गाउँपालिका—१ भालुवाङमा शुक्रबार राती एक घरमा आगोलागी भएको छ । राती करिब साढे १० बजेको समयमा लोकबहादुर खत्रीको घर एक्कासी आगोलागी भएको हो । लागोलागी भएको थाह पाए पछि स्थानियबासी र ईलाका प्रहरी कार्यालय भालुवाङको टोलीको सक्रियता करिब आधा घण्टा पछि आगो नियन्त्रणमा आएको थियो । आगोलागीबाट खत्रीको घर जलेर पुरै खरानी भएको छ ।

आगलागी बाट खाद्यन्न, अन्नपात, लत्ताकपडा, नगद र जिन्सी गरी करिब १ लाख ५० हजार बढी क्षति भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख रबिन्द्रबहादुर खड्काले जानकारी दिनु भएको छ । आगोलागी कसरी भयो भन्ने खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७३ चैत्र २६ गते शनिवार
प्रतिक्रिया