२०८३ असार ३० गते मङ्गलवार

आज देखी एसईई परिक्षा सुरु हुदै

दाङ, १० चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षा आजदेखी सुरु हुदैछ । आईतबार बिहान ८ बजेबाट परीक्षा शुरु हुनेछ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुदैछन ।यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।

परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् । परीक्षा नियन्त्रक अधिकारीले परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी सहभागी हँुदैछन् । त्यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी हुँदैछन् ।

त्यस्तै प्रदेश नं १ बाट ८३ हजार ८१८, प्रदेश नं २ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल हुनेछन् । परीक्षामा देशभर एक हजार ९६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित हुनेछन् भने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।मुलुक सङ्घीयतामा गएपछि पहिलोपटक एसइई परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले बताए ।

दाङबाट ११ हजार वढि परिक्षार्थी सहभागी हुदै

यस वर्षको एसईई परिक्षामा जिल्लाभर ११ हजार ४ सय ६४ जना परिक्षार्थी सहभागी हुदैछन् । जसका लागी दाङमा ४४ वटा परिक्षा केन्द्र तोकीएको छ । नियमित र पुराना विद्यार्थीहरुका लागी छुट्टाछुट्टै परिक्षा केन्द्र तोकिएको छ । जिल्लाका ९१ वटा सामुदायिक र ९२ वटा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सहभागी हुदैछन् । नियमित तर्फ ११ हजार ९५, तह बृद्धीको लागी ३ सय ६९ र खुलाबाट २०८ जनाले परिक्षा दिदैछन् ।

प्रकाशित मिति : २०७५ चैत्र १० गते आइतवार
प्रतिक्रिया