तुलसीपुर खानेपानीले बैशाखसम्म फारम दर्ता गर्ने

तुलसीपुर, ९ चैत्र
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आगामी बैशाख महिनासम्म आवेदन दर्ता गर्ने जनाएको छ । खानेपानीको नयाँ धारा जडान गर्ने उपभोक्ताको चाप अत्याधिक भएको भन्दै २०७६ बैशाख मसान्तसम्म फारम दर्ता गरिने संस्थाका अध्यक्ष खेमराज वलीले तुलसीपुर खबरलाई जानकारी दिए । ‘ उपभोक्तालाई फारम दर्ता गर्ने म्याद भोली मात्रै हो भन्ने भ्रम फिजाइएको छ,’ अध्यक्ष वलीले भने–‘ विहानैबाट लाइन बस्नु प्रर्दैन प्रकृया पु¥याएर आउनुस तपाईको फारम बैशाख महिना सम्म दर्ता हुन्छ ।’
फारम दर्ताका लागि संस्थाले पक्की घरका लागि घर नक्सा पास, वडाको सिफारिस, जग्गाको लालपुर्जा, दुई प्रति फोटो र मालपोत तिरेको रसिदको प्रतिलिपि र कच्चि घरका लागि भने घर नक्सा पास आवश्यक नपर्ने बताएको छ । पाँच दिन अघि नयाँ धाराका लागि आवेदन खुल्ला गरेको खानेपानी संस्थाबाट अहिले सम्म एक हजार पाँच सय जनाले फारम लिएका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र ९ गते शनिवार
प्रतिक्रिया