तुलसीपुर–सुर्खेत सडकखण्ड अबरुद्ध

तुलसीपुर, ९ चैत्र
विभिन्न माग राख्दै स्थानीयबासीले तुलसीपुर सुर्खेत सडकखण्ड विहानै देखि अवरुद्ध पारेका छन् । आज विहान मालबाहक सवारी साधनको ठक्करबाट दंगीशरण गाउँपालिका ६ थपगाउँ निवासी २० बर्षका गोरख चौधरीको मृत्यु भएपछि उनिहरुले मृतकका परिवारलाई उचित क्षेतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै सडक अबद्ध पारेको स्थानीय दिनेश चौधरीले जानकारी दिनुभयो । सडक अवरोधका कारण त्यस क्षेत्रमा कुनै पनि सवारी सधान संचालनमा आउन सकेका छैनन् । तुलसीपुरबाट पश्चिम तर्फ गइरहेको रा१च३४६ नम्बरको पिकअप भ्यानले पश्चिमाट पूर्व तर्फ गइरहेको बा९७प ५८६२ नम्बरको मोटरसाईकललाई विहान सवासात बजे तुलसीपुर उपमहागनरपालिका–२ नन्द्रागाउँमा ठक्कर दिएको थियो ।

प्रकाशित मिति : २०७५ चैत्र ९ गते शनिवार
प्रतिक्रिया