टवाइलेटको फोहर पातुखोलामा बगाएको भन्दै प्रहरीमा उजुरी

तुलसीपुर, ९ चैत ।टवाइलेटको फोहर  पातुखोलामा बगाएको भन्दै एक जना विरुद्ध स्थानिय टोल विकास संस्थाहरुले प्रहरी समक्ष उजुरी दिएका छन् । तुलसीपुर ५ स्वर्गद्धारी टोल निवासी विर बहादुर वलीले शनिवार विहान साढे ६ वजेतिर आफनै घरको  टवाइलेटको फोहर पातुखोलामा बगाएको भन्दै उनी विरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको स्थानिय टोल विकास संस्थाहरुले बताएका छन् ।
पातुखोलामा पानी दुषित तथा बातावरण प्रर्दुषण हुने गरी खुल्ला रुपमा टवाइलेटको फोहर  खोलामा बगाएको भन्दै उनलाई कारवाहि गर्न माग गदै उजुरी दिईएको बताईएको छ ।

उनले यस अघि पनि पटक पटक यस्तो कार्य गरेको भन्दै स्थानिय आक्रोसित बनेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेम बहादुर शाहीले उक्त विषयमा आफुलाई जानकारी आएको तर तुलसीपुर उपमहानगरपालिका संग समन्वय गरी कारवाही हुने बताएका छन् ।यता तुलसीपुर उपमहानगरपालिका कार्यालयले सार्वजनिक रुपमै त्यसो गरेको भए उनलाई सरसफाई ऐन सम्वन्धी कारवाही गरिने बताएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र ९ गते शनिवार
प्रतिक्रिया