दोस्रो वडा अध्यक्ष कप प्रतियोगिता सुरु

तुलसीपुर, ८ चैत । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ मा शुक्रवार देखी दोस्रो वडा अध्यक्ष कप प्रतियोगिता सुरु भएको छ । वडा कार्यालयको आयोजनामा स्ुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश नम्वर ५ का सांसद डिल्ली चौधरीले गरेका हुन् ।
वडा अध्यक्ष राजु आचार्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नम्वर १० का वडा अध्यक्ष कुमार लामीछाने, तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्यहरु देवराज विश्वकर्मा, अमर नेपाली माईकल, दिपक कुमाल, माबी बालापुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर वली र तकियापुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष मोहन डाँगी लगाएतले बोलेका थिए । वडा सदस्य राजकुमार केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पिताम्वर खनालले गरेका थिए । प्रतियोगिता आईतबार सम्म सञ्चालन हुनेछ ।।

प्रकाशित मिति : २०७५ चैत्र ८ गते शुक्रवार
प्रतिक्रिया