तुलसीपुरमा एकै दिन ३४ सवारी कारवाहिमा

तुलसीपुर,८ चैत ।
होलीको दिन ट्राफिक नियम विपरीत चलेका ३४ सवारी साधनलाई ट्राफिक प्रहरी तुलसीपुरले नियन्त्रणमा लिएको छ । मापसे गरेको भन्दै ६ वटा अटो, ९ वटा मोटरसाईकल, एउटा जिप नियन्त्रणमा लिएको कार्यालयले जानकारी दिएको छ ।

यस्तै हेल्मेट नलाएको भन्दै ४ ओटा मोटरसाईकल र क्षमता भन्दा बढि बोक्ने १४ सवारी नियन्त्रणमा लिएको ट्राफिक प्रमुख चन्द्र केसीले जानकारी दिएका छन । यी सवारी साधनलाई तुलसीपुरका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएका सवारी साधनलाई नियम अनुसार जरीवाना गरि छाडिने जनाइएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र ८ गते शुक्रवार
प्रतिक्रिया