Update:सल्यानमा बस दुर्घटना हुदा २२ घाईते, ५ जनाको नेपालगन्ज रिफर

तुलसीपुर,७ चैत ।सल्यानमा विहिवार विहान यात्रुवहाक बस दुर्घटना भएको छ । दुर्घटनामा परि २२ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ना ५ ख ७७५० नम्बरको बस त्रिबेणि गाउपालीका ६ मा विहिवार विहान पौने १० वजेतिर दुर्घटना भएको हो ।
काभ्रा बाट खलङ्गा जादै गरेकोे बस दुर्घटना हुदा घाईते भएका मध्ये ५ जनाको नेपालगन्ज र कोहलपुर रिफर गरीएको छ । रिफर हुनेमा त्रिवेणी गाउँपालिका वडा नम्वर १ बस्ने २२ वर्षिया डिल्ली थापा, वडा नम्वर २ बस्ने ३० वर्षिया प्रेमा राम्जा मगर, वडा नम्वर ३ बस्ने ३५ वर्षिय धन बहादुर रावत, वडा नम्वर ६ बस्ने ४० बर्षिया पार्वती थापा र छत्रेश्वरी गाउँपालिका वडा नम्वर ७ बस्ने १७ वर्षिय विमल घर्ति रहेको प्रहरीले जनाएको । अन्य घाईतेहरुको स्थानिय कान्तीपुर पोलि क्लिीनिकमा उपचार भैरहेको छ ।सडक साघुरो भएका कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको बताईएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र ७ गते बिहिवार
प्रतिक्रिया