पार्वता आचार्य श्वास्थ्य पत्रकारीता पुरस्कार खड्कालाई

तुलसीपुर,७ चैत ।

नेपाल पत्रकार महासघंका बरीष्ठ उपाध्यक्ष बिपुल पोख्रेलले नागरीकको सुलभ श्वास्थ्य सेवाका बारेमा पत्रकारले कलम चलाउनुपर्ने बताएका छन । पत्रकार महासघं दाङमा स्थापित पार्वता आचार्य श्वास्थ्य पत्रकारीता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका् हुन ।

समाजका नागरीकको पहुचमा श्वास्थ्य सेवा अझै नपुगेको भन्दै यस तर्फ पत्रकारले कलम चलाउनुपर्नेमा उनले जोड दिएका छन । पत्रकार महासघं दाङ शाखा अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरका कार्यवाहक मेयर श्याम डाँगीले समाजले सम्मान गर्ने खालको पत्रकारीता गर्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा श्वास्थ्य क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार गोविन्द खड्कालाई पुरस्कृत गरिएको थियो । उनलाई आठ हजार पाँच सय रुपैया सहित पुरस्कृत गरिएको थियोे ।

कार्यक्रममा स्व.पार्वताका श्रीमान् बसन्त आचार्यले पत्रकारीताको माध्यमबाट श्वास्थ्य क्षेत्रमा सचेतना जगाए सर्बसाधरणले समयमा आफ्नो रोगको निदान गर्न सकुन भन्ने उद्येश्यले अक्षयकोष स्थापना गरेको बताएका थिए । श्वास्थ्यकर्मि समेत रहेकी पार्वताको २०७४ साल चैत ७ गते उपचारका क्रममा निधन भएको थियो ।

पत्रकार महासंघ दाङकि उपाध्यक्ष लिला शाहको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिब भुपेन्द्र वलीले सहजिकण सचिब भुपेन्द्र वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र ७ गते बिहिवार
प्रतिक्रिया