आज दाङ सहित तराई क्षेत्रमा हर्सोउल्लासका साथ होली पर्व मनाईदै

तुलसीपुर ७ चैत ।रंगहरूको पर्व फागु पूर्णिमा (होली) पर्व दाङ सहित तराई तथा मधेसका जिल्लाहरूमा विहीवार हर्सोउल्लासपूर्वक मनाइँदै छ । भौगोलिक संरचना र मान्यता अनुरूप फागु पूर्णिमा मनाउने चलन छ । काडमाडौ उपत्यका सहित पहाडी जिल्लामा बुधबार नै फागु पूर्णिमा मनाइएको छ । तर, जनकपुरबाहेकका मधेस तथा तराईका जिल्लाहरूमा भने विहिवार होली मनाइँदै छ ।

जनकपुरमा भने शुक्रवार होली पर्व मनाईने भएको छ । होलीका अवसरमा केन्द्र सरकारले १ दिन सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा बुधबार सार्वजनिक बिदा दिइएको भए पनि दाङ सहित तराईका जिल्लामा विहिवार सार्वजनिक विदा दिईएको छ । यद्यपि, २ दिन नै होली मनाइने भएकाले प्रदेश २ सरकारले विहिवार र शुक्रवार दुवै दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ । तुलसीपुरमा विहिवार विहानै देखी होली खेल्न सुरु गरिएको छ । विहिवार २१ मार्च अर्थात अन्र्तराष्टिय जातिय उत्पीडन विरुद्धको दिवस परेकाले तुलसीपुर उपमहानगरपालिले दिवसलाई पर्वको रुपमा मनाएको छ । विहान भएको होली मिलन कार्यक्रममा दलित अधिकारकर्मी निर्मल नेपालीले दलित महिला सदस्य युमना परियारलाई अविर लगाएर आरम्भ गरेका थिए । उक्त कार्यक्रममा तुलसीपुर ६ की वडा सदस्य तथा दलितत अधिकार कर्मी युवा करारा,दलित अधिकारकर्मीहरु किरण विश्वकर्मा,सन्तोष चनारा, सितारा नेपाली, पत्रकार बसन्त परियार लगाएतको सहभागिता रहेको थियो ।
सो अवसरमा बोल्ने बक्ताहरुले होली पर्वले सामाजिक सद्भाव र सवै नेपालीहरु विच भाईचाराको सम्वन्ध कायम गर्न सफल रहोस् भन्दै शुभकामना व्यक्त गरेका थिए । यस्तै रिर्पोटस् क्लव दाङ शाखाले पनि तुलसीपुरको विपि चोकमा होली मिलन कार्यक्रमको आयोजना गरेको छ ।

प्रकाशित मिति : २०७५ चैत्र ७ गते बिहिवार
प्रतिक्रिया