होलीमा लोला हान्नेलाई पक्राउ गर्छौ : डिएसपी

तुलसीपुर, ५ चैत्र

ईलाका प्रहरी कार्यालय तुलसीपुरले होली पर्वमा उछृङखल गतिविधि गर्नेलाई कडा कारवाही गर्ने जनाएको छ । प्रहरीले आज तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर हिन्दुहरुको रङको पर्व होलीलाई मर्यादित तवरले मनाउन सबैमा आग्रह गर्दै जवरजस्ती रङ छ्याप्ने, लोला हान्ने र अबिर दल्नेलाई नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता ऐन २०७४ मा भएको व्यवस्था अनुसार कारबाही गरिने प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । फागनु ७ गते परेको होली पर्वमा हुने उछङ्खल गतिविधि रोक्न प्रहरीले माथहतका प्रहरी युनिटलाई आदेश दिएको र सोही दिन बजारका विभिन्न चोक र स्थानमा बाक्लो मात्रामा प्रहरी परिचालन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २०७५ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया