परीक्षा हलमा उपमेयरको सेल्फी

ओमप्रकाश गुप्ता
लमही ४ चैत । स्थानीय तहको व्यवस्थापनमा शुरु भएको आधारभुत तहको बार्षिक परीक्षा अवलोकनरअनुगमनको नाममा जनप्रतिनिधिको हुल परीक्षा हलमा देखिएको छ।परिक्षाको मर्यादा नाघेर जनप्रतिनिधिले सेल्फी लिने र फोटो सेसन गर्ने गरेका छन्।
नयाँ मान्छे परीक्षा हलमा प्रवेश गर्दा विद्यार्थी डराउने गर्छन्।अनुगमनको नाममा विद्यार्थीलाई हतास् बनाउने काम भएको शिक्षकहरुले बताएका छन्।लमही नगरपालिकाको विद्यालयमा परिक्षाको अनुगमन गर्ने क्रममा उपप्रमुख देवका बेल्वासेले शेल्फि खिचेर सामाजिक सञ्जाल फेसवुकमा पोष्ट गरे कि छिन्। परिक्षाको अनुगमन भैरहेको उनले बताइन्।आइतबार सात वटा विद्यालयमा अनुगमन गरिएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र ४ गते सोमवार
प्रतिक्रिया