मेयर पाण्डेले गरे नयाँ भवनको उद्घाटन

तुलसीपुर, ३ चैत्र
तुलसीपुर उपमहागनरपालिका वडा नं. १६ को नव निर्मित वडा भवनको आज उद्घाटन गरिएको छ । भवनको उद्घाटन नगर प्रमुख घनश्याम पाण्डेले रिबन काटेर गरेका थिए ।४० लाख लागतमा निर्माण कार्य सम्पन्न भएको भवनको तीन महिन अघि काम सुरु भएको थियो । वडाध्यक्ष भुवबहादुर केसीको अध्यक्षतमा भएको उद्घाट कार्यक्रममा समाजसेवी गीरीराज केसी, पूर्व गाविस अध्यक्ष टोपेन्द्र बहादुर खत्री, इन्जीनियर पवनकुमार योगी, तुलसीपुर उद्योगबाणिज्य संघका महासचिव रुपबहादुर खत्री, वडा सचिव राजेन्द्र केसी, पत्रकार पत्रकार शालीकराम मुसाफिर लगाएतले बोलेका थिए । भवन निर्माणमा सहयोग पु¥याएको भन्दै १६ जनालाई दोसल्ल ओढाएर सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति : २०७५ चैत्र ३ गते आइतवार
प्रतिक्रिया