चोरी मुद्धामा फरार एक युवक ५ वर्ष पछि पक्राउ

तुलसीपुर, २ चैत । चोरी मुद्धामा फरार एक युवक ५ वर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही १५ बस्ने २१ वर्षिय रेशम बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । उनलाई लमही १ नर्ति भन्ने स्थानमा लुकीछिपी बस्दै आएको अवस्थामा प्रहरीले गत विहिवार साँझ पक्राउ गरी शुक्रवार अदालत पेश गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । विभिन्न चोरी मुद्धामा दोषी ठहर गदै जिल्ला अदालतले ०७० फागुण १८ गते २० दिन कैद र १ लाख ८५ हजार जरिवाना र सहजनी चोरी मुद्धामा दोषी ठहर गदै तत्कालिन पुनरावेदन अदालत तुलसीपुरले ०७२ कात्तिक २२ गते ४ वर्ष १ महिना १ दिन फैसला गरेको थियो ।

प्रकाशित मिति : २०७५ चैत्र २ गते शनिवार
प्रतिक्रिया