घाईते सुनारको उपचारको क्रममा निधन

तुलसीपुर,१ चैत । कारको ठक्करबाट गम्भिर घाईते भएकी प्युठान सरुमारानी गाउँपालिका वडा नम्वर ३ बस्ने २० वर्षिया धना सुनारको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । गम्भिर घाईते भएकी सुनारको काठमाडौमा उपचारको क्रममा विहिवार साँझ ६ निधन भएको हो । गत फागुण २१ गते राप्ती गाउँपालिका ४ राप्ती टेक्निकल स्कूल नजिकै पश्चिमबाट पुर्व तर्फ जादै गरेको बा ५ च १७४१ नम्वरको कारले उनलाई ठक्कर दिदा गम्भिर घाईते भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र १ गते शुक्रवार
प्रतिक्रिया