बिप्लवको बन्दले जनजिवन प्रभावित, एक ट्रकमा भयो आगजनि

तुलसीपुर,३० फागुन ।

बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव परेको छ । बन्दका कारण जनजीवन प्रभावित भएको छ ।
आफ्नो पार्टीका नेताहरुलाई नियोजित रुपमा फसाउने षड्यन्त्र गरिएको भन्दै बिप्लप नेतृत्वको नेकपाले बन्द गरेको हो । राजधानीसहित देशभरी सार्वजनिक गाडी चलेका छैनन  भने उद्योग, कलकारखाना, शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द रहेका छन् । यता दाङमा विहानै देखि बन्दको प्रभाव परेको छ । प्रहरी बजारका मुख्य चौकहरुमा बाक्लो रुपमा उपस्थिति छ ।

यस्तै मकवानपुरको थाहा नगरपालिकास्थित दामनमा एक ट्रक अज्ञात समूहले आगजनी गरेको छ । गएराती करिव १ बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमाथि अज्ञात समूहले आगजनी गरेको हो । पालुङ र दामनको जंगलबीचमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर अगजनी गरेको चालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
ट्रकमा चालक,सहचालकसहित ३ जना सवार थिए । सो समूहले ३ जनालाई ट्रकबाट ओरालेर आगो लगाई फरार भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिएका छन ।

अगजनीबाट ट्रकको टेलरमा क्षति भएको छ । विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको आह्वान गरेको कारण उनीहरुले नै त्रास सिर्जना गराउन आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । उता रुपन्देहीको बुटवलमा शंकास्पद वस्तु फेला परेको छ । कालिका चोकमा देखिएको कालोे शंस्कास्पद वस्तु देखिएपछि प्रहरीले त्यस वरिपरि जान निषेध गरेको छ । प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको छ । भेटिएको शंकास्पद वस्तु बम हुनसक्ने प्रहरीको आशंका रहेको छ । अहिले त्यहाँको सुरक्षा अवस्था एकदमै कडा पारिएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ३० गते बिहिवार
प्रतिक्रिया