बबई क्याम्पसको १४ महिना पछि नेतृत्व सर्वसम्मत चयन

तुलसीपुर, २९ फागुण । तुलसीपुर १२ कपडादेवीमा रहेको राप्ती बबई बहुमुखी क्याम्पस सञ्चालक समितिले लामो समय पछि नेतृत्व पाएको छ । समितिका तत्कालिन अध्यक्ष गोपिनाथ योगीले २०७४ पौष महिनामा पदबाट राजीनामा दिएका थिए । त्यस पछि रिक्त भएको अध्यक्ष पद लामो समय सम्म पुर्ति नहुदा उपाध्यक्ष मिनराज वलीले कार्यबाहक जिम्मेवारी सम्हाल्दै आएका थिए ।
विगत १४ महिना देखी नेतृत्व बिहिन भएको सन्चालक समितिको नेतृत्व बुधवार सर्वसम्मत रुपमा चयन गरीएको छ । जसमा समितिको अध्यक्षमा बिष्णुकुमार देवकोटा चयन भएका छन् । यस्तै उपाधक्ष्यमा मिनराज ओली, कोषाध्यक्षमा बिनिल केसी चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
त्यस्तै सदस्यहरुमा निर्मल आचार्य, नरेशराज भण्डारी, मोहन भण्डारी, निर्मल आचार्य(बि) चयन भएका हुन् । क्याम्पस सञ्चालक समितिको गत फागुन १८ गते भएको विशेष साधारणसभाले फागुन २९ गते नेतृत्व चयनका लागी प्रक्रिया अघि बढाउन निर्वाचन समितिलाई जिम्मा दिएको थियो ।
तर निर्वाचन समितिले १७ सदस्यीय रहने गरी बुधवार सञ्चालक समितिको नेतृत्व सर्वसम्मत चयन गरेको संयोजक महेशप्रसाद आचार्यले जानकारी दिएका छन् । समितिमा चार जना सदस्य सञ्चालक समितिले मनोनयन गर्नेछ भने अन्य सदस्यहरु पदेन सदस्य रहने व्यवस्था गरिएको छ । समितिको सदस्य सचिवमा क्याम्पस प्रमुख रहने व्यवस्था छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २९ गते बुधवार
प्रतिक्रिया