करेन्ट लागेर एक युवकको ज्यान गयो

तुलसीपुर, २९ फागुण । दाङमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । राजपुर गाउँपालिका–५ नौशहरा निवासी २० वर्षीय कामेश्वर यादवको करेन्ट लागेर ज्यान गएको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । यादवले मंगलवार दिउँसो साढे दुई बजेतिर आफनै घरको ईनारबाट पानी तान्नका लागी मोटर जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले बताएको छ ।

यादवको घटना स्थलमै ज्यान गएको बताईएको छ । मंगलवार उनको घरमा दाईको विवाहको उत्सव थियो । बेहुलाका भाइको ज्यान गएपछि विवाहस्थल शोकमा डुबेको बताईएको छ । शवलाई लमही अस्पतालमा राखिएको र बुधवार पोष्टमार्टम हुने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २९ गते बुधवार
प्रतिक्रिया