वडा नम्वर ५ को कार्यालयमा बम विस्फोट

दाङ , २९ फागुण । भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे भएको बताईएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोट पछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको छ ।

विस्फोट गराएको आशंकामा प्रहरीले राति नै छ जनालाई नियन्त्रणमा लिएएर अनुसन्धान शुरु गरिएको उनले बताएका छन् । घटना थाहा पाएलगत्तै महानगरको दमकल, रक्षाकर्मीको टोलीले आगो नियन्त्रणमा लिएको हो । विस्फोट गराउने नेत्र विक्रम चन्द विप्लव निकट नेकपा हुन सक्ने आशंका गरिएको प्रहरी उपरीक्षक राठौरले बताएका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन २९ गते बुधवार
प्रतिक्रिया